राजीनामाबारे अन्तिम निर्णय लिन नेपाल–खनाल पक्षको बैठक बस्दै, यी हुन् राजीनामा दिने सांसद


२६ बैशाख २०७८, आईतवार
Madhav nepal 3

काठमाडौं, २६ बैसाख । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे अन्तिम निचोड निकाल्न आज स्थायी कमिटी बैठक बस्ने भएका छन् । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भइनसकेको नेताहरुले बताएका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।’ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्द गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ । उनका अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन् ।
नेपाल–खनाल पक्षका सांसदको प्रकार
प्रत्यक्ष
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानी खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिरा केसी, सोमप्रसाद पाण्डे, ध्रुवबहादुर शाही र राजबहादुर बुढा ।

समानुपातिक

समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७