अन्तिम मिनेटमा गोलकिपरले गोल गरेपछि लिभरपुलको रोमाञ्चक जित


३ जेष्ठ २०७८, सोमबार
alisson 5fjkFfAEJY

काठमाडौं, ३ जेठ । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई २–१ हरायो ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरीमा थियो, रेफ्रिले पाँच मिनेटको समय थपेपछि लिभरपुलका किपर बेकर पनि वेष्टब्रमकै पोष्टमा पुगेका थिए, उनले ९५ औं मिनेटमा गोल गरे । जितसँगै लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा पुगेको छ र च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७