संसदको रक्षाका लागि उपधारा ५ बमोजिम मैले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको हुँ : ओली

‘प्रतिनिधिसभा अकर्मण्य भएर विघटित’


१४ जेष्ठ २०७८, शुक्रबार
kp oli 1

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको रक्षाका लागि उपधारा ५ बमोजिम आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । आफूले दाबी प्रस्ताव गर्दासम्म एमालेको १२१ जसपाको ३२ समर्थन देखिएको दाबी गरे । उनले बीचमा जे जस्ता घटनाक्रम देखियो त्यसले धेरै पछिसम्म राजनीतिलाई प्रदुषित बनाउने बताए ।


उनले सर्वाेच्च अदालतको ११ फागुनको फैसलापछि त्यसका सबै प्रक्रिया पूरा गरेर प्रतिनिधिसभा विघटन भएपछि जे जस्ता विकृत गतिविधि देखिएका छन्, त्यो बिडम्बनापूर्ण भएको दाबी गरे । सत्ताकै लागि अन्य पार्टी विभाजन गर्नु र सफल भएको भ्रम पाल्नु आत्मरत्ति मात्र हो भन्दै ओली यस्तो विकृतिलाई वैधता दिन भइरहेका गतिविधि सामान्य नभएको बताए ।

विकृति झाँगिएर लोकतान्त्रिक गणतन्त्र नै जोखिममा पर्ला कि भन्ने डर बढ्दै गएको उनले बताए । ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै ओलीले जनताले मूल्यांकन गर्नुलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु भएको बताए ।
‘प्रतिनिधिसभा अकर्मण्य भएर विघटित’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए ।

त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए । उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।

त्यसपछि आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए । यस्तै अवस्था नेपाली कांग्रेसमा आउँदा विगतमा पनि संसद् विघटनको अवस्था आएको स्मरण गराए ।

पार्टीहरू कमजोर, विभाजन, विग्रह आउँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले निर्दलीय चरित्र ख्यालठट्टाको विषय नभएको बताए । उनले यो सबै विषय आफ्ना लागि नभनेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७