जसपाका जिल्ला सदस्य स्वचालित हतियारसहित पक्राउ


३ असार २०७८, बिहीबार
thumb 8

उदयपुर, ३ असार । जनता समाजवादी पार्टी (जसप) उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी स्वचालित हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

चौधरीको कान्छी श्रीमती श्यामकुमारीको घरमा अवैध हतियार लुकाइराखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक (स्वचालित) पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरीले सप्तरीको सुरुङ्गा नगरपालिका–८ का २३ वर्षीय बबी चौधरीलाई फसाउने नियतले कान्छी श्रीमतीको घरमा हतियार राखेका थिए । बबी र चौधरीकी छोरीबीच प्रेम सम्बन्ध थियो । छोरीसँग बबीको प्रेम सम्बन्ध छुटाउनका लागि कान्छी श्रीमतीको घरमा परशुरामले पेस्तोल र गोली राखिदिएको प्रारम्भिक अनुसन्धमा देखिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

चौधरी द्वन्द्वकालमा नेकपा माओवादीको लडाकु, त्यसपछि पार्टीका विभिन्न कमिटीमा सक्रिय रहँदै २०७७ साल माघ ४ गतेयता जसपाबाट राजनीतिक गतिविधि गरिरहेको देखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७