तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो, सर्तक रहन प्रशासनको आग्रह


५ असार २०७८, शनिबार
Tamakoshi River flowing through the banks of B.P Highway

दोलखा, ५ असार । तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकै बेला तामाकोशी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गजिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोशीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुना साथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

dolakha Tamakoshi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७