भारतमा अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी


५ असार २०७८, शनिबार
korona india 1

नयाँदिल्ली, ५ असार । भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोनाविरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ ।

बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६० हजार ८ सय नयाँ सङ्क्रमित भेटिएका छन् भने यही अवधिमा कोरोनाका कारण १२ सय ६९ जनाको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७