भारतमा सक्रिय संक्रमित संख्या ७ लाख ६० हजारमा झर्‍यो, कोरोनामुक्त दर ९६ प्रतिशत पुग्यो


५ असार २०७८, शनिबार
korona india 7

नयाँदिल्ली, ५ असार । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष बद्र्धनले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ६० हजारभन्दा कम भएको जनकारी दिएका छन् ।

उनले ट्वीटरमा कोरोना भाइरसको प्रभाव भारतमा कम भइसकेको बताउँदै यतिबेला कोरोनामुक्त हुनेको दर ९६ दशमलब १६ प्रतिशतमा पुगेको पनि बताएका छन् । अर्थात भारतमा संक्रमित हुनेभन्दा बढीको संख्यामा मानिसहरु निको भइरहेका छन् ।

बद्र्धनले हालसम्म देशमा २७ करोड २३ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएको पनि जानकारी दिएका छन् । यस्तै गएको २४ घण्टामा भारतमा ६० हजार ७५३ मा कोरोना भाइरस पुष्टि भएको छ । गत १२ दिनयता भारतमा लगातार एक लाखभन्दा कम संक्रमित मात्र थपिरहेका हुन् ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९८ लाख २३ हजार पुगेको छ भने हालसम्म २ करोड ८६ लाख ७८ हजार कोरोनामुक्त भएका छन् । त्यहाँ ३ लाख ८५ हजार १३७ को भने कोरोनाका कारण निधन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७