भारतमा घट्दै संक्रमण : पछिल्लो २४ घण्टाभित्र ५८ हजार नयाँ संक्रमित थपिए


६ असार २०७८, आईतवार
korona india 1

नयाँदिल्ली, ६ असार । पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार ५८८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ सय ३९ सयको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ८६ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ८७ लाखभन्दा बढी निको भइसकेका छन् भने ७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि कम हुँदै गएको छ ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४४ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ करिब ७५ सय संक्रमित थपिएका छन् भने १६६ जनाको मृत्यु भएको छ ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७८ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढी संक्रमित थपिँदा २२ सय ४७ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७