प्रभु साह प्रमुख अतिथि रहेको मौलापुरको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


१० असार २०७८, बिहीबार
jhadap

रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । आज (बिहीबार) नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्री समेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् । तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७