काठमाडौंमा टिप्परले ठक्कर दिंदा साइकल यात्रीको गयो ज्यान


११ असार २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, ११ असार । काठमाडौंको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिंदा आज (शुक्रबार) बिहान एक साइकल यात्रीको ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकल यात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७