उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात खुल्ने, एक हप्ता निषेधाज्ञा थपियाे


१४ असार २०७८, सोमबार
lock down
फाइल फोटो

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन पनि खुल्ने भएका छन् । अहिले बैठक जारी रहेको र जोर-बिजोर प्रणालीमा यातायात खुलाउनेबारे औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् ।

‘भोलिदेखि अरू एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भर्खर भयो,’ उनले भने, ‘अब सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।’ यसअघि घोषित निषेधाज्ञाको अवधि भने आज राति १२ बजेबाट सकिँदै छ । भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो । अब झन् खुकुलो पारिने भएको छ । कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७