ओलीको चेतावनी : अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले रहँदैनन्

‘जेठ–२ मा फर्कियौं भनेको यही हो, जो आउँदैन, अर्को पार्टीमा जान्छ’


१९ असार २०७८, शनिबार
kp oli

काठमाडौं, १९ असार । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को पार्टीमा जानेलाई पर्खिन नहुने बताएका छन् ।

उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताएका छन् । बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जेठ २ मा फर्कियौं भनेको अहिले जे भइरहेको छ त्यही हो भन्दै बैठकमा नआउनेलाई पर्खिन नसकिने बताए ।

‘जेठ २ मा फर्कियौं भनेको यही हो, जो आउँदैन, अर्को पार्टीमा जान्छ, उसलाई पर्खिने हैन,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’ उनले शनिबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको टेलिफोन संवादबारे पनि बैठकलाई जानकारी गराएका छन् ।

‘मैले माधव नेपाललाई भनें, प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिंड्ने हैसियत के हुन्छ,’ ओलीले थपे, ‘सर्वोच्चको फैसला आउँदासम्म जो जसको हस्ताक्षर (शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हालिएको रिट निवेदनमा) रहन्छ ती एमाले नेता कार्यकर्ता होइनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७