राष्ट्रिय सभा बैठक बस्दै, गृहमन्त्रीले सम्वोधन गर्ने


२० असार २०७८, आईतवार
bishnu paudel 1

काठमाडौं, २० असार । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने भएका छन् । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा गृहमन्त्री पौडेलले बाढी पीडितका लागि सरकारले गरेको बारे जानकारी गराउने छन् ।

आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नराखिएको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।

यस्तै आजको बैठकमा २ वटा कार्यसूची तोकिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोस्रो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७