अमेरिकाले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुग्यो


२८ असार २०७८, सोमबार
khop

काठमाडौं, २८ असार । अमेरिकी सरकारले दिएको कोरोना भाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुगेको छ ।

कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको जनाएको छ । यो खोप एक पटक मात्र लगाए हुने हो । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै मन्त्री श्रेष्ठले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७