करणी मुद्दाका फरार अभियुक्त पक्राउ


५ श्रावण २०७८, मंगलवार
pakrau
फाइल फोटो

सुर्खेत, ५ साउन । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको घर्तीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७