प्रहरीका ९८ सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)


८ श्रावण २०७८, शुक्रबार
police head

काठमाडौं, ८ साउन । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । बिहीबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस गरेको हो ।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले केशव थापालाई १ नम्बरमा बढुवा सिफारिस गरेको छ ।

अर्जुनकुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावलसहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।
यस्तो छ बढुवा सिफारिसको सूची

p 1
p1
p2
p3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७