युद्ध अपराध : इजरायल–गाजा संघर्षमा निशानामा परे आम नागरिक


१३ श्रावण २०७८, बुधबार
warcrime 47SJMzddhO

काठमाडौं, १३ साउन । यस वर्षको मे महिनामा इजरायल र गाजा क्षेत्रमा भएको संघर्षलाई मानव अधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचले युद्ध अपराध भनेको छ । आम नागरिकमाथि सिधै आक्रमण भएको बताउँदै उक्त द्वन्द्व युद्ध अपराध बराबर भएको वाचले जनाएको हो ।

अनुसन्धानमा आफूहरुले सैन्य अड्डामा आक्रमण भएको नदेखेको र मानव बस्तीमै आक्रमण हुँदा सयौं व्यक्तिको ज्यान गएको पाइएको उक्त संस्थाले जनाएको छ । गत मेमा जेरुसलेममा रहेका मुस्लिममाथि त्यहाँका प्रहरीले ज्यादती गरेको भन्दै प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा आक्रमण सुरु गरेको थियो ।

https d1e00ek4ebabms.cloudfront.net production 7a4c889f ee89 4a22 ab13 0b3731bf7660

त्यसपछि इजरायल र प्यालेस्टाइनबीच क्षेप्यास्त्र हानाहान भएको थियो सो क्रममा इजरायलले गाजास्थित हमासको लडाकु अड्डामा आक्रमण गरेको दाबी गरेको थियो ।

रिपोर्टअनुसार हमासले इजरायलमाथि ४३ सय रकेट आक्रमण गरेको थियो । हमासले यो सर्वसाधारणलाई बेवास्ता गर्दै आक्रमण गरेको थियो। यदी यी क्षेप्यास्त्रहरु सबै इजरायलमा खसेको भयो इजरायलको धेरै हिस्सा ध्वस्त हुने थियो, हजारौं मानिसले ज्यान गुमाउने थिए ।

११ दिनको लडाइमा इजरायलतर्फ १३ को ज्यान गयो । इजरायलको एन्टी मिसाइल प्रणालीका कारण इजरायल ध्वस्त हुनबाट जोगियो । उता प्यालेस्टाइनको गाजा क्षेत्रमा २६० मानिसको ज्यान गयो । संयुक्त राष्ट्रसंघका अनुसार गाजामा मारिएकामध्ये १२९ व्यक्ति आम नागरिक थिए ।

इजरायलले आक्रमणमा २०० हमास लडाकु मारिएको दाबी गर्दा हमासले भने आफ्ना ८० जनाको मात्र ज्यान गएको दाबी गरेको छ । अनुसन्धानमा ह्युमन राइट्स वाचले तीन इजरायली आक्रमणमा धेरै सर्वसाधारणको ज्यान गएको जनाएको छ । १० मेमा बेत हनुन, १५ मेमा शाती शरणार्थी शिविर र १६ मेमा गाजामा भएको आक्रमणमा प्यालेस्टाइनमा सयौंले ज्यान गुमाएको बताइएको छ ।

इजरायली आक्रमणमा गाजाको अल–वहादा स्ट्रिटमा रहेको एउटा ठूलो भवन नै ध्वस्त भएको थियो । त्यहाँ ४४ नागरिकले ज्यान गुमाएका थिए । दुवैतर्फबाट सर्वसाधारणको ख्याल नगरी आक्रमण भएकाले यो द्वन्द्व युद्ध अपराध भएको ह्युमन राइट्स वाचको ठहर छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७