नाइजेरियामा हालसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद


२२ श्रावण २०७८, शुक्रबार
pangolin parts 0da34R3KaC

काठमाडौं, २२ साउन । अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीको एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठूलो भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।

वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ परिसकेका र आज चौथो व्यक्ति पनि पक्राउ परेका कर्नेल अलीले बताएका छन् ।

वन्यजन्तु विशेषज्ञहरुका अनुसार नाइजेरिया एसियालाई वन्यजन्तु र अङ्ग पठाउने गिरोहको केन्द्र बनेको छ । असुरक्षित सीमाना, कमजोर कानुन, भ्रष्टाचार र ठूला बन्दरगाहको पहुँचका कारण तस्करहरूका लागि नाइजेरिया सुरक्षित देश रहेको खबरमा उल्लेख छ । नाइजेरियाले बेलायत, अमेरिका, र जर्मन अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग मिलेर तस्करविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७