राष्ट्रपतिद्वारा कोरोना नियन्त्रणका प्रयासबारे प्रधानमन्त्रीसँग चासो व्यक्त


२२ श्रावण २०७८, शुक्रबार
bidhya deuwa

काठमाडौं, २२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७