आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२४ श्रावण २०७८, आईतवार
badhi 3

काठमाडौं, २४ साउन । आज (आइतबार) पनि देशका धेरै भू–भागमा मौसम बदलीको अवस्थामा रहेको मौसमविदले बताएका छन् ।
आज काठमाडौं उपत्यकासहित देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षाका कारण आज कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।नारायणी र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । तिनाउ, पश्चिम राति, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, धनुषा, महोत्तरी, सर्लाही, दोलखा, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, सल्यान, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

kafmdfmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७