२४ घण्टामा भारतमा ३५ हजार बढीमा कोरोना संक्रमण


२५ श्रावण २०७८, सोमबार
korona india 2

नयाँदिल्ली, २५ साउन । पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ४९९ जना व्यक्ति कोरोना संक्रमित भएक छन् । ३९ हजार ८६६ संक्रमित निको भएका छन् ।

भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय कोरोना संक्रमित रहेका बताइएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति कोरोना संक्रमित भएका छन् । तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको निधन भएको छ । पछिल्लो २४ घण्टामा ४४७ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७