जयसिंह धामी खोजबिनको अवस्था सदनमा जानकारी गराउन सभामुखको निर्देशन


२६ श्रावण २०७८, मंगलवार
agni sapkota Parliment house samsad bhawan scaled

काठमाडौं, २६ साउन । दार्चुलामा भारतीय प्रहरी एसएसबीका जवानले तुइन काटिदिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् । भारतीय पक्षले भने यो घटना एसएसबीको संलग्नता नभएको दाबी गर्दै आएको छ ।

यथार्थ पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । सो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनेको छ । यो घटनाको संसदमा चर्को आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७