अर्घाखाँची कारागारका ६० कैदीमा कोरोना संक्रमण


२८ श्रावण २०७८, बिहीबार
kaidi 1 20210812084119

अर्घाखाँची, २८ साउन । अर्घाखाँचीको सन्धिखर्कस्थित जिल्ला कारागारका ६० कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

कारागारका ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाइ सुरक्षित रहन सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आग्रह गरेका छन् ।

कारागारमा रहेका ६० कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन् । अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ । श्रावण १६ गते देखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ ।

जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७