अफगानिस्तानको दशौं प्रान्तीय राजधानी तालिबानको कब्जा, गजनीका गभर्नर गिरफ्तार


२८ श्रावण २०७८, बिहीबार
taliban 1

काबुल, २८ साउन । अफगानिस्तानको १० औं प्रान्तीय राजधानीमा विद्रोही तालिबानले कब्जा जमाएको छ । तालिबान चरमपन्थीहरुले अफगानिस्तानमा एकपछि अर्को सहर कब्जा गर्ने क्रममा प्रान्त राजधानी गजनीलाई पनि नियन्त्रणमा लिएको हो ।

तालिबान प्रवक्ता कारी युसुफ अहमदीले गजनीका गभर्नर कार्यालय, पुलिस मुख्यालय, सुरक्षा निर्देशालय र जेल समेत कयौं स्थानमा कब्जा जमाएको हो । गजनीबाट आइरहेका तस्बिरमा पुलिस मुख्यालय बाहिर र शहरको ठूला ठूला भवनमा चरमपन्थीहरु देखिएका छन् ।
एक तस्वीरमा तालिबान एक गाडीको जाँच गरिरहेका छन् । यो गाडी गजनीका गभर्नर र काबुलका पुलिस प्रमुखको रहेको बताइएको छ । अफगानिस्तान सरकारले ताजा अवस्थाबारे कुनै टिप्पणी गरेको छैन ।

गजनी काबुलबाट १३० किलोमिटर टाढा छ । योसहित तालिबानले एक सातामा १० वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ । तालिबानले यसअघि निमरोज, फराह, बगलान, बदख्शाँ, जावजान, सर–ए–पुल, समन्गन, टखर र कुन्दुज शहरमा कब्जा जमाइसकेको छ । यी सबै प्रान्तीय राजधानी हुन् ।

अफगानिस्तानको गृह मन्त्रालयले तालिबानले प्रान्तीय राजधानी कब्जा गरेको प्रकरणमा चार अधिकारीलाई पक्राउ गरिएको जनाएका छन् । उनका अनुसार वार्डाक प्रान्तमा गजनीका गभर्नर दाउद लघमानी, उनका उप गभर्नर, कार्यालय निर्देशक र अन्य सहायकलाई गिरफ्तार गरेको छ ।

उनीहरु बिहीबार बिहानै शहरमा तालिबानले नियन्त्रण गरेपछि काबुल गइरहेका थिए । उनीहरुलाई गृह मन्त्रालयको आन्तरिक सुरक्षा निर्देशालयले गिरफ्तार गरेको हो । समाचार अनुसार तालिबानले गजनीमा कब्जा गर्ने क्रममा सरकारी अधिकारीले कुनै प्रतिरोध गरेका थिएनन् । त्यहीकारण तालिबानले गभर्नर र उनका सहयोगीला सुरक्षित जान दिएका थिए ।

गजनीका प्रान्तीय परिषद उपाध्यक्ष अमानुल्लाह कामरानीले तालिबानले गभर्नरको कार्यालय र पुलिस मुख्यालयमा कब्जा गरेका छन् । अझै पनि सहरको केही भाग सरकारी नियन्त्रणमै रहेको उनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७