कांग्रेसले नौं भ्रातृ संस्थाको म्याद ६ महिना थप्यो


३१ श्रावण २०७८, आईतवार
congress central samiti

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना नौं वटा भ्रातृ संस्थाको म्याद ६ महिना थपेको छ । हिजो (शनिबार) बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

म्याद समाप्त भएका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज छन् ।

उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको छ । नेविसंघको तदर्थ समितिको २ पटक थप भएको म्याद सकिँदासम्म पनि महाधिवेशन हुन सकेको छैन शनिबार तेस्रो पट म्याद थपिएको छ । यस्तै तरुण दलको पनि २ पटक थपिएको म्यादसमेत सकिएपछि तेस्रो पटक थपिएको छ । किसान संघमा १६ महाधिवेशन हुन सकेको छैन । म्याद थपिएको थपिएकै छ । यस्तै प्रजातन्त्र सेनानी संघको अधिवेशन पनि १४ वर्षदेखि भएको छैन ।

६४ सालदेखि आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन । म्याद थप्ने क्रम जारी छ । दलित संघको महाधिवेशन ०६९ हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पनि ०६६ सालयता महाधिवेशन भएको छैन । तामाङ संघको महाधिवेशन नभएको पनि ६ वर्ष भइसकेको छ । ठाकुर समाजले कांग्रेसको १२औं महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पाए पनि अहिलेसम्म अधिवेशन भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७