जनकपुर रामाचोकमा युवकको शव फेला


३१ श्रावण २०७८, आईतवार
death body NgO2VtlM19

जनकपुरधाम, ३१ साउन । धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताए ।

मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७