सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेटवार्ता


९ भाद्र २०७८, बुधबार

काठमाडौं, ९ भदौं । अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ ।

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता मानिएको द वाशिङ्गटन पोस्टले जनाएको छ । सीआईएले भेटबारेमा कुनै टिप्पणी गरेको छैन । तालिबान समूहले काबुल कब्जा गरेपछि नयाँ सरकार गठनका बारेमा निरन्तर छलफल गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अहिले पनि अस्तव्यस्त छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७