यमन : हुथी हमलाबाट ३० सैनिक मारिए, ६० बढी घाइते


१३ भाद्र २०७८, आईतवार
huthiattack 20210829115138

काठमाडौं, १३ भदौं । यमनको दक्षिणी प्रान्तमा हुथी आक्रमणमा परी ३० सैनिक मारिएका छन् भने ६० जना गम्भीर घाइते भएका छन् । अल अनाद मिलिट्री बेसमा आइतबार हुथी विद्रोहीले आक्रमण गरेका थिए ।

दक्षिण प्रान्तका प्रवक्ता मोहम्मद अल नकिबका अनुसार दक्षिण यमनको लाहिज प्रान्तमा हुथी विद्रोहीहरुले सैन्य ड्रोनमार्फत मिसाइल आक्रमण गरेका थिए । विष्फोटक मिसाइल आइतबार बिहान आर्मीको तालिम क्षेत्रमा खसेको थियो ।

बिहानी अभ्यास गरिरहेको समयमा सेनामाथि हमला भएको स्थानीय मिडियाले जनाएका छन् । घटनापछि उद्धारकर्मीहरु घटनास्थलमा पुगेका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

हुथी विद्रोहीले यमनको राजधानी एवं यमनको सबैभन्दा ठूलो शहर साना कब्जा गरेसँगै सन् २०१४ मा युद्ध समाप्तीको घोषणा गरिएको थियो । सन २०१४ सम्ममा यमनको दोस्रो ठूलो शहर आदेनमा अमेरिकाले अल कायदाविरुद्ध ड्रोन आक्रमण गरेको थियो । सन् १९९० मा दक्षिण यमनबाट हुथी विद्रोहीको उदय भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७