१४ वर्षीया छात्रा बलात्कारको अभियोगमा शिक्षक पक्राउ


१५ भाद्र २०७८, मंगलवार
Rape for nayapage

लमजुङ, १५ भदौं । एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन् । सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७