विश्वकप छनोट : इङल्याण्डको शत प्रतिशत नतिजा, सन् १९९३ पछि स्पेन पहिलोपल्ट पराजित


१८ भाद्र २०७८, शुक्रबार
120374313 sterling goal syH84VnYFo

काठमाडौं, १८ भदौं । अर्को वर्ष आयोजना हुने विश्वकपको छनोट खेलमा इङल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । बिहीबार इङल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इङल्याण्डले हालसम्म खेलिएका ४ मध्ये ४ वटामै जीत हासिल गरेको छ । योसँगै समूहको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउन सफल भएको छ ।

120374639 gettyimages 1235018358 1 vX10bjKeYg

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा इङल्याण्डले गोलको वर्षा गर्‍यो । राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसले गोल गर्दै इङल्याण्डलाई सहज जीत दिलाए । उता, समूको दोस्रो स्थानमा रहेको पोल्याण्डले पनि अल्बानियालाई ४–१ गोलले हरायो ।

बिहीबार नै भएको अन्य खेलमा स्पेन स्वीडेनसँग २–१ ले स्तब्ध बनेको छ । विश्वकप छनोटमा स्पेन सन् १९९३ यता पहिलो पटक पराजित बनेको हो । कार्लोस सोलेरले लुइस एनरिकेको टोलीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, १२ सेकेन्डपछि नै अलेक्सान्डर इसाकले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा भिक्टर क्लाएसनले डेजान कुलुस्भेस्कीको पासमा १२ यार्ड टाढाबाट गोल गर्दै स्वीडेनलाई जीत दिलाए । स्पेनपछिल्लो पटक विश्वकप छनोटमा डेनमार्कसँग सन् १९९३ को मार्चमा पराजित भएको थियो । त्यसयता स्पेनले विश्वकप छनोटका ५२ खेलमा जीत र १४ मा बराबरी गरेको थियो । जीतसँगै समूह बीमा स्पेनलाई उछिन्दै स्वीडेन शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७