बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालकको गयो ज्यान


३१ भाद्र २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, ३१ भदौं । काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो (बुधबार) बेलुका तारकेश्वर नगरपालिका–७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर–८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा ज्यान गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७