१,५११ मा कोरोना संक्रमण, १,६८९ जना निको, ११ को मृत्यु


३१ भाद्र २०७८, बिहीबार
korona

काठमाडौं, ३१ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा १,१६५ र ३,९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,६८९ जना संक्रमित उपचारपछि निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,५५० संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७