मन्त्रिपरिषद् बैठकले गर्‍यो यी पाँच निर्णय


५ आश्विन २०७८, मंगलवार
deuwa cabinet 1

काठमाडौं, ५ असोज । मन्त्रिपरिषदको आज (मंगलबार) बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरेको छ ।

यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्रयाकको काम शुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय
१) राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।
२) कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्रयाक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान ।
३) कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान र
४) कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।
५) संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिने प्रतिनिधिमण्डलको गठन गर्ने सन्दर्भमा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७