काठमाडौं कपनबाट हराएका बालक भारतमा भेटिए, नेपाल ल्याइँदै


१३ आश्विन २०७८, बुधबार
kidnap

काठमाडौं, १३ असोज । काठमाडौं कपनबाट हराएका चार वर्षीय पीयूष शर्मा भारतमा भेटिएका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । बालकको अपहरण भएको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

भारत बिहान घर भएका पीयूष आमा–बुबासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस्नेतले भने, ‘अब काठमाडौं ल्याउँदै छन् ।’ बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिंडेका थिए ।

तेजिया पर्वका लागी आमा फलफूल किन्न गएको र फर्किदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए । महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए । विनोद र शंकरबीच पुरानो चिनजान थियो । दुवै भारतको बिहारका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७