घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ असोज । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । आज बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार ८८ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य ८८ हजार २५० कायम गरिएको छ । तेजावी सुन पनि आज तोलाको २ सय रुपैयाँ घटेको हो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ३५ रुपैयाँ घटेर ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ११ सय ५५ मा कारोबार भएको थियो ।