साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही गर्दा २८ जना हुथी विद्रोहीको मृत्यु भएको छ ।

आफूहरुले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीको ज्यान गएको यमनको सरकारी सेनाले जनाएको छ । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि छन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सैन्य कारबाही गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कारबाहीका क्रममा अरु केही हुथी विद्रोही घाइते भएका छन् ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको थियो । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । आइतबारको कारबाहीका क्रममा हुथी विद्रोहीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियार पनि बरामद गरिएको सरकारी सेनाको दाबी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७