खातामा रकम नभएको चेक दिएर २० लाख ठगी गर्ने युवक पक्राउ


१९ आश्विन २०७८, मंगलवार
sujan 75Ynk3jYus

काठमाडौं, १९ असोज । खातामा पर्याप्त रकम नभएको चेक दिएर २० लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने सुजन तामाङ छन् ।

तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूर गरेको प्रहरीले जनाएको छ ।

सो कसुरमा उनलाई उच्च अदालत पाटनको गत २०७७ पुस ६ गतेको फैसलाले आठ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । फरार रहेका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित विशेष टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७