भारतले १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने


२० आश्विन २०७८, बुधबार
narayan khadka meet binaya mohan XATqMlm72w

काठमाडौं, २० असोज । भारतले नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज (बुधबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन् । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ ।

‘अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।’

नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, सरकार आफैले खरिद गरेको १० लाख डोज, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप आइसकेको छ ।

एक वर्षअघि नै सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ । तर बाँकी १० लाख डोज खोप सिरमले अहिलेसम्म दिएको थिए । सिरमले नदिएको त्यही खोप अर्को साता पठाउने जानकारी क्वात्राले दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७