बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा चल्यो गोली


२४ आश्विन २०७८, आईतवार
butwal jhadap fIjQmOZTAz

बुटवल, २४ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले जानकारी दिए । उनले भने, ‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७