नेपालबाट भारततर्फ गाँजा तस्करी गर्नेे नयाँ शैली


२९ आश्विन २०७८, शुक्रबार
Gas bullet and Gaja

वीरगञ्ज, २९ असोज । लागूऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत् नै जाने गरेको सार्वजनिक भएको छ ।

पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्रलुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि गाँजा तस्करीको नयाँ शैली सार्वजनिक भएको हो ।

पर्सा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–२५ स्थित भन्सार कार्यालय वीरगञ्ज(आइसिपी) गेट नजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो गाँजा फेला परेको छ ।

गाजाँसहितको ग्यास बुलेट नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

ट्याङकरका चालक र सहचालक फरार छन्। गाँजा नेपालबाट भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७