१८ लाख नगद र सुनसहित दुई जना पक्राउ


५ कार्तिक २०७८, शुक्रबार
pakrau
फाइल फोटो

सुनसरी, ५ कातिक । सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुको साथबाट बिल नभएको २५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७