अफगानिस्तानलाई पुनः सहयोग शुरु गर्न विश्व बैंकलाई चीनको आग्रह


१२ कार्तिक २०७८, शुक्रबार
Wang Yi5 lQ5wq3VnCg

काठमाडौं, १२ कात्तिक । चिनियाँ विदेशमन्त्री वाङ यिले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) सँग अफगानिस्तानको पुनर्निर्माणमा सहयोग गर्न र पुनः आर्थिक सहयोग शुरु गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘अफगानिस्तान पुनः आफ्नो खुट्टामा उभिनु जरुरी छ र यहाँको विकास सबैभन्दा प्रमुख प्राथमिकता हुनुपर्छ ।’ उनले भने, ‘अफगानिस्तान विकासको बाटोमा अघि बढ्न सकोस्, यही अपेक्षाका साथ विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले उसलाई दिँदै आएको आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सोच्नु आवश्यक छ ।’

युरोप भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकका विदेशमन्त्रीको बैठकमा भर्चुअलरुपमा कुराकानी गरेका थिए ।

अफगानिस्तानका छिमेकी मुलुकबीचको यो दोस्रो वार्ता थियो । यसअघि गत सेप्टेम्बरमा इरानको नेतृत्वमा अफगानिस्तानका छिमेकी मुलुकबीचको पहिलो वार्ता भएको थियो । चिनियाँ विदेशमन्त्री यिले अफगानिस्तान चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को हिस्सा बन्न सक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७