प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले टोटेनह्यामलाई ३–० ले हरायो


१४ कार्तिक २०७८, आईतवार
LONDON, ENGLAND – OCTOBER 30: Cristiano Ronaldo of Manchester United celebrates scoring his sides first goal with Edinson Cavani during the Premier League match between Tottenham Hotspur and Manchester United at Tottenham Hotspur Stadium on October 30, 2021 in London, England. (Photo by Catherine Ivill/Getty Images)

काठमाडौं, १४ कात्तिक । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्यामलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–० गोलले हराएको हो । क्रिस्टियानो रोनाल्डोले खेलको ३९ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता बनाएको थियो ।

त्यस्तै खेलको ६४ औं मिनेटमा एडिन्सन काभानीले एक गोल थपे । त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कुस रासफोर्डले एक गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडको १० खेलमा १७ अङ्क छ । टोटेनह्याम १५ अङ्कका साथ आठौं स्थानमा छ । यस्तै हिजो भएको खेलमा चेल्सीले न्युक्यासललाई ३–० ले हराएको छ । वार्टफोर्ड साउथह्याम्टनसँग १–० गोलले पराजित भएको छ ।

लिभरपुल र ब्राइटनले २–२ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २–० गोलले हराएको छ भने ब्रेन्टफोर्ड बर्नलीसँग ३–१ ले पराजित भएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७