एग्रो मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी


१५ कार्तिक २०७८, सोमबार
Bidhya

मनाङ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको विभिन्न स्थानको भ्रमणका क्रममा आज सोमबार) बिहान मनाङ पुगेकी छिन् ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले सञ्चालनमा ल्याएको स्याउ बगैंचा अवलोकन भ्रमणका लागि उनी सोमबार बिहान मनाङ आएकी हुन् । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित स्याउ बगैंचामा आएकी राष्ट्रपति भण्डारीले स्याउ बगैंचाको भ्रमण गरेकी छन् ।

प्रतिनिधिसभामा मनाङबाट निर्वाचित एमाले सांसद पोल्देन छोपाङ गुरुङले स्थापना गरेको दक्षिण एसियाकै सबैभन्दा ठूलो मानिएको स्याउ बगैंचमा राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् । उनलाई पोल्देन छोपाङका परिवार, संविधान सभा सदस्य (पूर्व सांसद) डा. भीष्मनाथ अधिकारी, पोल्देनका भाइ त्रिपल पी गुरुङ, जनप्रतिनिधि, स्थानीयलगायतले स्वागत गरेका छन् ।

Bidhya Bhandari

पोल्देन छोपाङ गुरुङ साथै स्याउ बगैंचा र यसको प्रविधिबारे एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले जानकारी गराए । स्याउ टिपिसकेपछिको यसको ग्रेडिङ, प्रशोधनलगायतबारे एग्रो मनाङका अध्यक्ष समराज गुरुङले जानकारी गराएका थिए । त्यसै गरी उनले बाढी पहिरोबाट भएका क्षतिको पनि निरीक्षण गरेकी छिन् । मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गरेकी हुन् ।

७३५ रोपनी क्षेत्रफलमा रहेको गुरुङको फार्ममा इटालीबाट ल्याएर लगाइएको गाला, फुजी, गोल्डेन जस्ताले उत्पादन दिन थालेको छ । आन्तरिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर गएकी थिइन् । आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएकी भण्डारी आज मनाङ गएकी हुन् ।

काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आएका राष्ट्रपतिबाट मनाङका सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७