‘नेशनल सोसल वेलफेयर अवार्ड–२०२१’ दोस्रो सँस्करण आयोजना हुँदै


१५ कार्तिक २०७८, सोमबार
251073284 291554662740674 7754182392369990065 n

काठमाडौं, १५ कात्तिक । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सिजन मिडियाले गत वर्ष जस्तै यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड–२०२१’ सम्मान कार्यक्रम गर्ने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरुको कामको मूल्याङन र उनीहरुको कामलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर आगामी २०७८ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वेलफेयर अवार्ड–२०२१’ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा देश–विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिने जनाइएको छ । विशेष गरी कोभिड–१९ तथा बाढी पहिरो तथा प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धारमा खटिएका व्यक्ति तथा संस्थाहरुलाई यस पटक विशेष सम्मान गर्न लागिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताउँदै वन्तले भने, ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिने अपेक्षा हाम्रो छ ।’ उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनोट भएका व्यक्तित्वलाई सम्मानित गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७