म न्यायाधीशको आकांक्षी होइन, बारको कुनै सदस्य न्यायाधीश बन्नु हुन्न : अधिवक्ता मर्हजन


१५ कार्तिक २०७८, सोमबार
Nepal Bar

काठमाडौं, १५ कात्तिक : नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश मर्हजनले आफू न्यायाधीशको आकांक्षी नरहेको बताएका छन् । नेपाल बार एसोसियसनका कुनै पनि सदस्य र उनीहरुको आफन्ताहरु न्यायाधीश बन्न नहुने उनको भनाई छ ।

अधिवक्ता महर्जनले । नेपाल बार एसोसियसनका कुनै पनि सदस्य र उनीहरुको आफन्ताहरु न्यायाधीश बन्न हुदैंन भनेर आफूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए । आफ्नो आन्दोलन र अभियानप्रति अझै आफू दृढ रहेको उनको भनाई छ । उनले भने, ‘नेपाल बार एसोसिसन कार्यसमितिका कुनै पनि सदस्य तथा पदाधिकारी र निजहरुका परिवारजन न्यायाधीस हुनु हुदैन भनी म आफैले प्रस्ताव राखेके छु ।’

नयाँ पेज डटकममा अधिवक्ता महर्जन पनि न्यायाधीसको आकांक्षीको रहेको समाचारप्रति प्रतिक्रिया जनाउँदै अधिवक्ता श्रेष्ठेले भने, ‘म न्यायाधीशको आकांक्षी होइन, बारको कुनै सदस्य न्यायाधीश बन्नु हुन्न ।’

न्यायाधीसको भगबन्डाका लागि आन्दोलन नभएको उनको दाबी छ । अधिवक्ता महर्जनले आफ्नो यो अडान र विचारप्रति दृढ भएर यसको निम्ती सधैं लड्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७