प्रदेश–१ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा


१५ कार्तिक २०७८, सोमबार
bhim acharya 900

मोरङ, १५ कात्तिक । प्रदेश–१ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज (सोमबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश–१ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

आज उनले विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएका हुन् । उनले विश्वासको मत नपाउने स्पष्ट थियो ।

आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । एमाले विभाजन भएपछि प्रदेश–१ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बनेका थिए । तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा परे ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७