प्रधानमन्त्री देउवाले भने– गठबन्धन चुनावसम्मै रहन्छ


१८ कार्तिक २०७८, बिहीबार
deuwa 1

काठमाडौं, १८ कात्तिक । पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धनबारे शंका नगर्न आग्रह गर्दै उनले गठबन्धन पूरै समयसम्म रहने बताएका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशबारे भने केही बोलेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७