७२ वर्षीय वृद्ध ८ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ


९ मंसिर २०७८, बिहीबार
pakrau
फाइल फोटो

रामेछाप, ९ मंसिर । रामेछाप प्रहरीले बालिका बलात्कारको आरोपमा ७२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका ८ भोटेटारकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ७२ वर्षीय मंगल तामाङ पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार घर नजिकैको पसलमा चाउचाउ किन्न गएको बेला तामाङले बालिकालाई फकाएर आफ्नै घरमा लगी जबरजस्ती करणी गरेका हुन् । उनले बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

तामाङलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७