बन्द सत्रस्थल पुगे ओली : भीम रावलको विरोध र ओलीको समर्थनमा नाराबाजी


१२ मंसिर २०७८, आईतवार
oli 2 28112021051327 1000x0 1

चितवन, १२ मंसिर । चितवनको सौराहमा जारी नेकपा (एमाले) को दशौं महाधिवेशन अन्तर्गत बन्द सत्रको दोस्रो सेसन शुरु भएको छ ।
नेतृत्वमा सहमति गर्ने प्रयासका कारण बैठक ढिलाई भएको नेताहरुले बताएका छन् । साँझ ७ बजेका लागि तय भएको बैठक सारेर ८ बजे पुर्‍याइएको थियो । तर, ९ बजेपछि मात्रै बैठक शुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा सहभागी हुन हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्द सत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् । यस्तै ओली समकर्थकले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका उपाध्यक्ष भीम रावलको विरोधमा नारा लगाएका छन् । कार्यकताले भीम रावलविरुद्ध ‘उम्मेद्वारी फिर्ता लेऊ’ लगायतका नारा लगाएका छन् ।

ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्द सत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् ।

उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्द सत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्द सत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७